Logo

२०८३, आश्विन १०गते


images
images

छैठौं क्याम्पस सभाको तयारीमा देवदह आदर्श क्याम्पस

छैठौं क्याम्पस सभाको तयारीमा देवदह आदर्श क्याम्पस

images
  • छैठौं क्याम्पस सभाको तयारीमा देवदह आदर्श क्याम्पस
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पस छैठौं क्याम्पस सभाको तयारीमा जुटेको छ । देवदह-७ शीतलनगरमा अवस्थित क्याम्पसले यही पुष १६ गते छैठौं क्याम्पस सभा तथा १५औं वार्षिकउत्सव विशेष कार्यक्रम गर्न लागेको क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले बताए । 

    images
    images
    images

    क्याम्पस सभाको तयारी तिब्र रूपमा अगाडि बढिरहेको र सभाले क्याम्पसको नयाँ नेतृत्व चयनसंगै महत्वपूर्ण निर्णयहरू गर्ने क्याम्पसले जनाएको छ ।  रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले प्रमुख अतिथिको रूपमा क्याम्पससभा सम्बोधन गर्ने जनाईएको छ । 

    images
    images
    images

    क्याम्पसको वार्षिक उत्सवको अवसरमा खेलकुद लगायतका सप्ताहव्यापी कार्यक्रम संचालन भैरहेको सहायक क्याम्पस प्रमुख  जयकिशन अधिकारीले जानकारी दिए ।    

    images
    images
    images

    विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गुणस्तर सुनिश्चितता र मान्यता (QAA) सर्टिफाइडको अन्तिम चरणमा प्रवेश गरिसकेको देवदह आदर्श बहुमुखी क्याम्पसको क्याम्पस सभालाई महत्वका साथ लिईएको र सोहि अनुसार तयारी गरिएको क्याम्पस संचालन समिति उपाध्यक्ष वासुदेव रिमालले बताए । 

    वि. सं. २०६५ सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।  क्याम्पसमा हाल एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।