Logo

२०८३, श्रावण ३०गते


images
images

रूपन्देहीमा आठ वर्षीया बालिकाको हत्या

रूपन्देहीमा आठ वर्षीया बालिकाको हत्या

images
  • रूपन्देहीमा आठ वर्षीया बालिकाको हत्या
    images
    images

    काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मर्चवारी गाउँपालिका वडा नं. १ पचुवालीमा बालिकाको शव फेला परेको हो ।

    images
    images
    images

    शुक्रबार साँझ ५ बजेतिर घरबाहिर खेलिरहेकी बालिका साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले राति १० बजेतिर प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी गर्दै जाँदा वडा नं. १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको जनाएको छ ।

    images
    images
    images
     

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं. १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन् ।

    प्रहरीले अलीलाई शुक्रबार राति साढे १० बजेतिरै पक्राउ गरेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एक जनाले साइकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

    बालिकाको शवलाई शनिबार बिहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमर्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बालिकाको शव हिलोसहितको खोल्सामा घोप्टो परेको अवस्थामा फेला परेको र शवको प्रकृति हेर्दा हिलोमा टाउको घोप्टो पारेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

    अहिले बालिकाको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएकोले हत्या हुनुभन्दा पहिले बलात्कार भए/नभएकोबारे भन्न नसकिने प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

    घटनास्थल बालिकाको घरदेखि सवा दुई किलोमिटर दक्षिणतर्फ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रूपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।