Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

छविलाल विश्वकर्मालाई मन्त्री नबनाइएपछि रूपन्देही-१ का कार्यकर्तालाई 'मुख देखाउनै लाज'

छविलाल विश्वकर्मालाई मन्त्री नबनाइएपछि रूपन्देही-१ का कार्यकर्तालाई 'मुख देखाउनै लाज'

images
  • छविलाल विश्वकर्मालाई मन्त्री नबनाइएपछि रूपन्देही-१ का कार्यकर्तालाई 'मुख देखाउनै लाज'
    images
    images

    देवदह । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नेपाली कांग्रेस र एमालेको  संयुक्त सरकारमा दलित समुदाय प्रतिनिधित्व नभएको भन्दै आलोचना भइरहेको अवस्थामा रूपन्देही क्षेत्र नं १ का एमाले कार्यकर्ताहरूले पार्टीको निर्णयले 'मुख देखाउन पनि लाज' लागिरहेको बताएका छन् । 

    images
    images
    images

    पार्टीका रूपन्देही क्षेत्र नं १ का इन्चार्ज वेद गिरिले सामाजिक संजालमा लेख्दै रुपन्देही क्षेत्र नं १ का मतदाताहरुलाई अपमानित गरिएको महसुस भएको बताएका छन् । उनले लेखेका छन् - 'एमाले भनेर मुख देखाउन पनि लाज लागिरहेको छ ।' रूपन्देही क्षेत्र नं २ बाट निर्वाचित विष्णु पौडेल निरन्तर मन्त्री भइरहने तर क्षेत्र नं १ ले त्यो अवसर नपाउने गरेको तर्फ इंकित गर्दै उनले लेखेका छन्, 'छिमेकीहरु हुने खाने भएर केही हुदो रहेनछ ।'

    images
    images
    images

    पछिल्लो समयमा एमालेले रूपन्देही १ मा आफ्नो पहिचान बनाउन सफल भए पनि पार्टीले नचिनेको र यो क्षेत्र सधैं ओझेलमा परिरहेको उनको भनाइ छ ।  क्षेत्रीय इञ्चार्ज गिरीको पोस्टमा कमेन्ट गर्दै एमाले कार्यकर्ताले उनको भनाइमा समर्थन जनाएका छन् । 

    images
    images
    images

    १७ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका विश्वकर्मालाई एमालेले २०६३ सालमा अन्तरिम सरकारको कृषि मन्त्री र २०६४ मा संविधान सभाको समानुपातिक सदस्य बनायो । २०७० को निर्वाचनमा उनी रूपन्देही क्षेत्र नम्बर १ बाट पराजित भए । 

    २०७४ मा रूपन्देही–१ बाट एमाले र माओवादीको गठबन्धनबाट निर्वाचन जितेका उनले  २०७९ मा पनि सोहि क्षेत्रबाट तत्कालिन कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार तथा हाल एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पराजित गरेका थिए ।

    विश्वकर्मा एमालेका एक मात्रै र पहिलो दलित पदाधिकारी पनि हुन् । उनी २०७८ मंसिरमा भएको एमालेको दसौं महाधिवेशनमा निर्विरोध सचिव निर्वाचित भएका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा १६ जना दलित समुदायका सांसद हुँदा प्रत्यक्ष निर्वाचित एक मात्र सांसद विश्वकर्मा पार्टीको प्रदेश  इन्चार्ज समेतको भूमिकामा छन् । 

    यसअघि एमालेले सभामुखको उम्मेदवार चयन गर्दा नै उनको नाम चर्चामा थियो । यद्यपि एमालेले अन्तिममा झापाका देवराज घिमिरेलाई सभामुख बनाएको थियो । दलित अधिकारकर्मीहरूले समेत संघिय संसदमा पहिलोपटक दलित समुदायबाट प्रतिनिधित्व गर्ने सभामुख बन्ने अवसर एमालेले गुमाएको भन्दै आलोचना गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।