Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी बसपार्कमा आगलागी, १२ पसल जलेर नष्ट

लुम्बिनी बसपार्कमा आगलागी, १२ पसल जलेर नष्ट

images
  • लुम्बिनी बसपार्कमा आगलागी, १२ पसल जलेर नष्ट
    images
    images

    रूपन्देही । रूपन्देहीको लुम्बिनीस्थित बसपार्कमा गयराती आगलागी हुँदा १२ पसल जलेर नष्ट भएका छन् । आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेष्टुरेण्ट, गिफ्ट हाउस, फेन्सी गरी १२ वटा पसल जलेर नष्ट भएको व्यवसायीहरुले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार आगलागीबाट करिव ७५ लाखको क्षति भएको आंकलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए।

    images
    images
    images

    आगलागीपछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीयको आक्रोश छ।

    images
    images
    images

    लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाको दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।