लघुकथा : गुरुको रोजाइ
सेतै फुलेका वृद्ध मानिस बृद्धआश्रममा बस्ने गर्थेँ । बृद्धको मनमा आज कुराहरू खेल्दै थिए ।
कार आएर उनको अगाडि रोकियो ।
कारबाट उत्रने मानिस भलाद्मी थिए ।
हातमा महंगो मोबाइल थियो । ड्राभरले कारबाट विभिन्न खानाका परिकारहरू निकाल्दै थिए ।
ड्राइभरले खानाका परिकार उठाएर बृद्धको सामुन्ने राखिदिए । बृद्धमा कुनै खुसी देखिएन ।
भलाद्मी मान्छे नमस्कार गरी पुन आफ्नो कारमा बसे। ड्रभर कार स्टार्ट गर्दै थिए ।
उनी जाँदै गर्दा सधै जसो आऊने अर्को मान्छे आउँदैथिए । फोनहोल्ड गरी खोई के भने ती आऊने मान्छेको अनुहारको चमक हरायो ।
ती मान्छे बृद्धको अगाडि विभिन्न प्रकारका खाना देखेँपछि एकछिन टोलाए । उनको हातमा पनि खाना थियो । बृद्धको पाउँ समाउँदै आशीर्वाद लिए ।
यतिबेला बृद्धको खुसी स्पष्ट देखियो ।
बृद्धले पछिबाटगुर आएको खाना, खान थाले । ती महंगा खानाहरु जमीनलाई शोभा बढाउँदै थिए । दुबैजनाको मुहारमा मुस्कान आयो ।
एकछिन पछि त्यो कार फर्केर पुनः त्यही आयो । भलाद्मी रिसाउँदै भने,"यो खाना किन नखाएको ? बृद्ध चुपचाप सुनिरहे । उनी बोलिरहे ।
बृद्धलाई कारमा बस्न भनियो । बृद्धले मानेन । कार आफनो बाटो लाग्यो। अर्को मान्छे अचम्म परें ।
बृद्धको मनमा भने अरू नै विचार आउँदै थियो ।
"एक टुक्रा जमीनको लागि छोराले दिएको माया अपनाउने की ? चेलाले दिएको निश्चल सेवा ।"
- नारायण कोइराला, तानसेन पाल्पा
हाल : यूएई
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology