Logo

२०८३, श्रावण ३०गते


images
images

ज्ञानेन्द्रको बन्दुकसँग त डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ ? :खगेन्द्र संग्रौला

ज्ञानेन्द्रको बन्दुकसँग त डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ ? :खगेन्द्र संग्रौला

images
  • ज्ञानेन्द्रको बन्दुकसँग त डराइनँ, महेश बस्नेतको धम्कीले के हुन्छ ? :खगेन्द्र संग्रौला
    images
    images

    काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए ।

    images
    images
    images

    सोमबार कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो । उनीहरूको धम्कीले मलाई केही हुँदैन ।’यद्यपि हतास अवस्थामा रहेका अराजक युवाहरूले जे पनि गर्न सक्ने कुरामा सबै प्रगतिशील लेखकहरू सजग हुनु आवश्यक रहेको पनि उनले बताएका छन् । 

    images
    images
    images

    ‘उनीहरू विक्षिप्त अवस्थामा भएकाले जे पनि गर्न सक्छन्,’ संग्रौलाले भने, ‘म एक जनालाई मात्र नभएर सबै नागरिक अभियन्ता र बौद्धिकहरूलाई उनीहरूले निशाना बनाएका छन्।’ ‘ज्ञानेन्द्रको बन्दुकसँग त डर नमानी सडकमा आएको थिएँ । गणतन्त्रमा कसैको डरमा बस्ने कुरै आउँदैन !’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खगेन्द्र संग्रौला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।