लघुकथा - 'सन्तान'
मोहन धनी भएकै कारण उसमा निकै धनको घमण्ड थियो । उसले गाउँमै रहेकी अति सुन्दर, सुशील केटीसँग बिहे गर्यो। बर्ष दिनमै "माया"ले छोरी जन्माईन् । छोरी हुँदा ऊ असाध्यै खुशी भयो।
मायाले दोस्रो सन्तान पनि छोरी जन्माईन् । उसले गाउँमा खुशी बाढ्यो।
घरबाट छोरा यताकता खोजिएको आभाष मायाले बुझिन् । तेस्रो छोरा जन्माईन तर छोरा जन्मदै मरेको जन्मियो एकाएक मोहनको खुशी चेहराबाट हरायो । उल्टै मायासँग रिसायो, गालि गर्यो।
यो शिलशिला छैटौं पटक सम्म पनि चलिरहयो तर छोरा हुने कुनै लक्षण देखिएन सातौ पल्ट पनि मायाले छोरी नै जन्माईन।
छोरा नजन्मिएकै कारण उसले दिनदिनै माया लाई यातना दिन थाल्यो । मायासँग दु:ख पीडा सँगसँगै घर झगडा झेल्दै बस्नु बाहेक केही बिकल्प थिएन ।
ऊ ऐयासी त छ दै थियो जुवा, तास खेल्न रक्सि खान कहाँ छोडेको थियोे र मोहनले अर्कि श्रीमती भित्र्याउन कै लागि केटीको खोजि गर्यो। इन्दिराले आधा सम्पत्ति आफ्नो नाममा गर्दिने भए मात्रै बिहे गर्ने सर्त राखी छोरा पाउनकै लागि ऊ राजी देखियो ।
बिबाह भएको बर्ष दिन नपुग्दै इन्दिराले एकै पटक तीन सन्तानलाई जन्म दिईन्, तीन वटै छोरा मरेका जन्मिए । छोरा आफ्ना नभए पछि जन्मिएका छोरा नबाचे पछि मोहन भौतारिन थाल्यो ।
क्रमशः दिन चर्चा झगडामै चल्ने गर्थ्यो एक दिन उसले जुवामा सबै सम्पत्ति हार्यो । सम्पत्ति सकिएको चाल पाएँ पछि कान्छि श्रीमती ले आफ्नो नाममा रहेको चल सम्पत्ति लिएर फरार भईन् ।
मोहन छाँगाबाट खसे जस्तो भयो उसका लागि दिउँसै सूर्य अस्ताए झै भयो । केही बचेको थिएन, मात्र आफ्नो शरीर बाहेक । मलिन अनुहार लाएर चौतारीमा बसेके थियो ।
त्यहीँ बेला आएर दुई छोरीले भने । बुवा हजुर चिन्ता नगर्नु तपाई सन्तान हामी अझै जिउँदै छौँ ।हाम्रो सम्पत्ति तपाई अनि आमा हो । तपाईलाई लिन आएका हौँ । तपाईलाई दु:ख दिने छैनौ सुखले पाल्नेछौँ । बुवा घर हिड्नु आमाले बाटो हेरिरहनु भएको होला ।
- रोमा लम्साल, काठमाडौं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology