काठमाडौँ। नेकपा एकता भंग भएपछि एमालेमै रहेर मन्त्री बनेका माओवादी केन्द्रका चार नेताहरुले आफूहरु निर्वाचित भएकै दलमा रहेकाले सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका छन्।
माओवादीले निष्काशन गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह र गौरिशंकर चौधरीले आफूहरु निर्वाचित भएकै दलमा रहेको भन्दै सांसद पदबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय र त्यसलाई सदर गर्ने संसद सचिवालयको निर्णय बदरको माग गरेका हुन्।
नेकपा विघटन भएपछि एमालेमै बसेर उनीहरु केपी शर्मा ओली सरकारमा मन्त्री बनेका थिए। माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गर्ने निर्णय गरेको थियो। माओवादीको सो निणर्य संसद सचिवालयले सदर गरेपछि उनीहरुको सांसद पद गुमेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology