Logo

२०८३, श्रावण ३०गते


images
images

'म राजन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन'- रवीन्द्र मिश्र

'म राजन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन'- रवीन्द्र मिश्र

images
  • 'म राजन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन'- रवीन्द्र मिश्र
    images
    images
    काठमाडौँ- संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने धारणा सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू राजतन्त्रवादी नभएको जिकिर गरेका छन्।   

    ‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन,’ उनले भनेका छन्, ‘म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ।’ उनले आफूले पार्टीको केन्द्रीय समितिलाई जानकारी गराएरै धारणा सार्वजनिक गरेको दाबी पनि गरेका छन्। 

    images
    images
    images

    केन्द्रीय समितिमा यो एजेन्डा (संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत संग्रह) लाने कि नलाने भन्ने विषयमा छलफल गर्दा फरक मत रहेपछि आफूले आफ्ना धारण ईमेलमार्फत सबै केन्द्रीय सदस्यलाई पठाएको मिश्रले बताएका छन्।‘सबै जानकारी गराएँ, स्वाभाविक रूपमा १३० जना केन्द्रीय सदस्य रहेको पार्टीमा त्यो कुनै न कुनै रूपमा बाहिर त जान्थ्यो।

    images
    images
    images

    मिश्रले भनेका छन्, ‘अब अन्ततिरबाट बांगिएर टेढिएर विभिन्न किसिमले जानुभन्दा मैले व्यवस्थित रूपमा सार्वजनिक गर्छु। त्यो पनि जानकारी दिएरै सार्वजनिक गर्छु। र, यो पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि यसको बहस होस् भनेर मैले पहिलाबाट केन्द्रीय समितिलाई जानकारी दिएर अनि सार्वजनिक गरेको हुँ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।