यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल र्यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो। माधव पक्षीय अनेरास्ववियुका केन्द्रीय सचिव अशोक थापाका भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्याली गरिएको हो।
उक्त र्यालीमा ‘अखिल फोर्स’ लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी थिए। नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी राजधानीमा मोटरसाइकल र्याली गरेको हो। एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology