Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकीमा दीपक मनाङे मन्त्री नियुक्त

गण्डकीमा दीपक मनाङे मन्त्री नियुक्त

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीमा दीपक मनाङे मन्त्री नियुक्त
    images
    images

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाएका छन्।

    images
    images
    images

    मुख्यमन्त्री पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरुङलाई मन्त्री नियुक्त गरेका हुन्। उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    images
    images
    images

    नवनियुक्त मन्त्री गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। आज दिउँसो साढे ३ बजे शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

    images
    images
    images

    गुरुङले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गरेका थिए। उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

    उनी २०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए। पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

    अहिले एकीकृत समाजवादी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनमा सहभागी भएपछि उनले पार्टी परित्याग गरेको जनाएका थिए। केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको उनको भनाइ थियो।

    पार्टी परित्याग गरेको भोलिपल्ट नै गुरुङ मन्त्री बनेका छन्। उनी सरकारमा सहभागी भएपछि मुख्यमन्त्री पाण्डेलाई सरकारका जोगाउन सजिलो हुने भएको छ। राप्रपाले पनि गठबन्धनमा नजाने बताइसकेको छ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीपक मनाङे
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।