राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा मनाङबाट नवनिर्वाचित प्रदेशसभा सांसद दिपक मनाङे (राजिव गुरुङ) नेकपा एकीकृत समाजवादी पार्टीमा प्र्रवेश गरेका छन् । सोमबार मनाङेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि समाजवादी प्रवेश गरेका हुन् ।
उनी गण्डकी प्रदेश सभामा मनाङ ‘ख’ बाट सर्वसम्मत निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका उनी २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा निर्वाचित भएका हुन् ।
मनाङेले आफ्नो राजनीतिक उदेश्यसँग मेल खाने पार्टी समाजवादी भएकाले प्रवेश गरेको प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेश सभामा १ मात्र सिट पाएको थियो । नवलपुर २ (ख) एकीकृत समाजवादीको पोल्टामा पर्दा गोपाल खनालले उम्मेदवारी दिए । गण्डकीमा साँख जोगाउनलाई उम्मेदवारी दिएका खनालले पराजय व्यहोरे ।
प्रदेश सभामा १ सिट पनि जित निकाल्न नसक्दा समाजवादी 'नील' भएको थियो । मनाङे समाजवादी प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा समाजवादी १ सिट प्राप्त गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology