Logo

२०८३, श्रावण ३०गते


images
images

नदिको कटानका कारण सुनवल चारपालाका ४५ घरधुरी खतरामा

नदिको कटानका कारण सुनवल चारपालाका ४५ घरधुरी खतरामा

images
  • नदिको कटानका कारण सुनवल चारपालाका ४५ घरधुरी  खतरामा
    images
    images

    रेशम अधिकारी 'अशोक', सुनवल । वर्षायाम लागेसंगै तराईमा डुबान र पहिरोको जोखिम मुख्य समस्या हो ।  कतिपय ठाउको कमजोर तटबन्धका कारण कतिपय नदी–खोलाको बाढी बस्ती पसेर बिजोग हुने गरेको छ । 

    images
    images
    images

    नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर सात चारपालामा  विगत वर्षजस्तै यस वर्ष पनि खोलाले कटान सुरु गरेको अवस्था छ । उक्त समस्या आजको मात्र नभएर ब्मवर्षांैदेखिको भएपनि खोला नियन्त्रणका लागि कुनै पनि प्रयास भएका छैनन् । 

    images
    images
    images

    स्थानीय प्रकाश कुवारका अनुसार, “गाउँ बस्तीसँग नजिक  जोडिएको कजरार खोलामा वर्षात्को समयमा एकदमै बाढी आउने गर्दछ । चुरे क्षेत्रबाट बहेर आउने कजरार खोलामा कुनै पनि बेला कटान हुने सम्भावना छ । कटान हुँदा चारपालाका ४५ घरपरिवार  जोखिममा रहेको उनले बताए ।

    images
    images
    images


    त्यसै गरि चारपालाको ओरालो भागमा रहेको खोलाले माथिल्लो भागमा रहेको खेतियोग्य जमिनलाइ बर्सेनि असर गर्दै आएको छ । वर्षात्मा कजरार खोलामा बाढी उर्लेर आउने गर्दा जोखिम बढेको हो  । 

    केहिदिनको भारी बर्षातले  स्थानीय फडिनारायण लम्सालले धान लगाएको आधा भन्दा बढी जमिनको धानमा खोलाले असर पुराएको छ ।  विगत लामो समयदेखि खोला नियन्त्रणका लागि बस्तीबाट विभिन्न पहल भए पनि सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएको लम्सालको गुनासो छ । खोलामा बलियो तटबन्धको अभावमा आफूहरू बाढीको त्रासमा बस्नुपरेको स्थानीय बताउँछन । त्यहाँ लगाएको तटबन्धसमेत बाढीले भत्काएको छ । IMG-20210815-WA0011.jpg

    यता खोला नियन्त्रणका लागि नगरपलिका देखि  प्रदेश सरकारसम्म जानकारी गराएको र चाडैनै  समस्य समाधान हुने वडा नम्बर ७ का वडा अध्यक्ष बसन्त राज दाहालको दावी छ । 


    बेलैमा खोला नियन्त्रणका लागि पहल नहुने हो भने चारपालाबासी बिस्तारै बिस्तापित हुनुपर्ने खतरा बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।