Logo

२०८३, श्रावण ३०गते


images
images

बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता

बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता

images
  • सेतोमसी सहकर्मी
  • बाढीपहिरोमा परेर स्याङ्जा, तनहुँ र पर्वतमा गरेर ८ जना बेपत्ता
    images
    images

    राजेश पराजुली, पोखरा । अविरल वर्षासंगै गण्डकीका तीन जिल्लामा घरमाथीबाट आएको पहिरोले बगाउँदा ८ जना बेपत्ता भएका छन् । स्याङ्जा, तनहुँ र पर्वतमा गरेर पहिरोले घर बगाउँदा ८ जना बेपत्ता भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका हुन् ।

    images
    images
    images

    उनका अनुसार स्याङ्जाको विरुवा गाउँपालिका ६ अर्चलेमा ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनका श्रीमति ६७ वर्षीय हरिमायाँ शर्मा बेपत्ता भएका छन् ।

    images
    images
    images

    घरमाथि बाट आएको पहिरोले घर पुर्दा घरसंगै उनीहरु पुरिएका हुन् । तनहुँमा सुक्लागण्डकी ६ का ४० वर्षीय हिरा नेपाली, ३७ वर्षीया अनिता वास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका छन् । उनीहरु सुनमयाँ कुमालको घरको सामान निकाल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

    images
    images
    images

    यता पर्वतको फलेवास नगरपालिका वडा नम्बर १ कार्किनेटामा कुलप्रसाद उपाध्याएको घर माथिबाट पहिरो आएर पुरिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय तुलसी प्रसाद पौडेल बेपत्ता भएका हुन् ।

    तुलसी प्रसाद पौडेल गाइबस्तु चराउन गएका र कुलप्रसादको घरमा ओत लाग्न पुगेका प्रहरीले जनाएको छ । पहिरोले चार बाख्रा, दुई भैंसी र एउटा गोरु समेत पुरेको गण्डकी प्रदेश प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।