Logo

२०८३, श्रावण ३०गते


images
images

रुरुक्षेत्रमा रहेको मेगा बैंकको एक्स्टेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

रुरुक्षेत्रमा रहेको मेगा बैंकको एक्स्टेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

images
  • रुरुक्षेत्रमा रहेको मेगा बैंकको एक्स्टेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति
    images
    images

     

    images
    images
    images

    माधव ज्ञवाली ,भदौ १ गुल्मी ।बिगत दुई बर्षदेखी रुरुक्षेत्र गाउँपालिका वडा न.४ बलेटक्सार बाट बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको मेगा बैंक नेपाल लिमिटेडको एक्स्टेन्सन काउन्टर आजदेखी शाखा कार्यालयको रुपमा स्तरोन्नति भएको छ।

    images
    images
    images

    बलेटक्सार बजारबाट आफ्नो सेवा प्रवाह गरिरहेको यस शाखा कार्यालयले  एक्स्टेन्सन काउन्टरको रुपमा सेवा उपलब्ध गराउँदा सम्म दुई बर्षमा ६ हजार ५ सय भन्दा बढि ग्राहक बनाउन सफल भएको र कारोबार पनि सदरमुकाममा रहेका अन्य  बैङ्कको तुलनामा राम्रो रहेको शाखा  म्यानेजर बिज्ञान पन्तले  बताउनुभयो ।

    images
    images
    images

    यहाँबाट हुने कारोबार एक्स्टेन्सन काउन्टरले गर्ने कारोबार भन्दा माथी पुगिसकेको र ग्राहक सङ्ख्या पनि उल्लेखनीय भएकोले शाखाको रुपमा बिस्तार हुन पुगेको पन्तको भनाई रहेको छ।

    शाखा कार्यालयको रुपमा बिस्तार भएपछि कर्मचारी सङ्ख्या पनि वृद्धि हुने भएकोले सेवा प्रवाह थप छिटोछरितो हुने  बताउँदै यहाँ रहेको संरचना पनि  परिवर्तन  हुने  उहाँले जानकारी दिनुभयो।

    शाखा कार्यालयमा बिस्तार हुनुभन्दा एक बर्ष पहिलेबाटै यस कार्यालयले  एटीएम सेवा सुरु गरिसकेको छ। एटीएमबाट मात्रै अहिले ग्राहकहरुले दैनिक सरदर ५/६ लाखको कारोबार गर्ने गरेको पन्तले बताउनुहुन्छ।

    रुरुमा नै शाखा बिस्तार भएपछी बाहिरबाट पठाएको पैसाको लागि र ग्राहकले ऋण लिन चाहेमा अब तम्घास जानुपर्ने बाध्यता टरेको छ। ग्राहकले आफुलाई ऋण चाहिएमा अबदेखि यहीँबाट पाउनेछन् । ग्राहको आम्दानी सङ्गै धितो मुल्यांकनको आधारमा ऋण उपलब्ध गराइने शाखा म्यानेजर पन्थको भनाई रहेको छ। ऋण प्रवाहको लागि केही समय कुर्नुपर्ने र त्यसपछि निरन्तर ऋण प्रवाह गरिने उहाँले बताउनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।