Logo

२०८३, श्रावण ३०गते


images
images

तेह्रथुम पावरकाे आईपीओ आजदेखि खुल्यो ,कति दिने त आवेदन ?

तेह्रथुम पावरकाे आईपीओ आजदेखि खुल्यो ,कति दिने त आवेदन ?

images
  • तेह्रथुम पावरकाे आईपीओ आजदेखि खुल्यो ,कति दिने त आवेदन ?
    images
    images

     

    images
    images
    images

    बुटवल - पछिल्लो समय धेरै लगानी कर्ताको राेजाई बनेको सेयर बजारमा पुन अर्को ,तेह्रथुम पावर कम्पनी लिमिटेडले आज (भदौ ९ गते, बुधबार) बाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

    images
    images
    images

    कम्पनीपावर ले जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

    images
    images
    images

    लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ।

    कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
    त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन सजिलै दिन सक्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुमन महतारा
  • # ipo
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।