Logo

२०८३, श्रावण ३०गते


images
images

मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड ,लक्की नम्बर ४ र ८ ! 

मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड ,लक्की नम्बर ४ र ८ ! 

images
  • मानुषी लघुवित्तकाे आईपीओ बाँडफाँड ,लक्की नम्बर ४ र ८ ! 
    images
    images


    images
    images
    images

    सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । सोमबार निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सम्पन्न भएको हो  । 
    उक्त आईपीओको प्री-अलोटमेन्ट भदौ ३ गते, बिहीबार सम्पन्न भएको थियो ।  मागभन्दा धेरै आवेदन परेकाे हुनाले गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओको लक्की नम्वर ४ रहेको छ । बाँकी ३ दिनको लागि लक्की नम्वर ८ रहेको छ । अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । त्यसैले बाँडफाँडमा २३ लाख ५४ हजार ७ सय ८४ जना याेग्य आवेदकलाई समावेश गराइएकाे थियाे । 
     गोलाप्रथाबाट वितरण गर्दा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका छन्  । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन्। बाँकी  २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे छ ।
    संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
    कसरी हेर्ने रिजल्ट ?
    आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
    -अर्थ संचार

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुमन महतारा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।