Logo

२०८३, श्रावण ३०गते


images
images

कविता

तिम्रै साथमा छु

तिम्रै साथमा छु

images
  • तिम्रै साथमा छु
    images
    images

    बिर्सेको छैन मैले
    हरबखत सम्झिरहेकै छु।
    बरु तिमीले पो बिर्सियौ कि ?
    बेखबर छौ आजकल ।
    खुसीमा, रमाइलोमा मात्र
    मित्र सम्झ्यौ भने त 
    कहाँ हुन्छ र ?

    images
    images
    images

    हेर त यो संसारमा
    कहिले आगो लागेर 
    सखाफ पारेको छ
    गर्मीले भतभती उसिन्छ जीवन
    कहिले घनघोर वर्षासँगै
    बाढी पहिरोले तबाही मच्चाउँछ।
    सधैं वसन्तको मनोहर पालुवा
    अनि शरदको वासनादार फूल त
    कहाँ मिल्छ र ?
    ग्रीष्म, शिशिरको 
    उराठ लाग्दो क्षण पनि त हाम्रै हो।
    हो, त्यो बेला पनि त सम्झ
    तिम्रो मित्रलाई
    उराठीएको मनसँगै कता भेटिन्छु ?
    म त तिम्रै वरिपरि हुन्छु
    अझ भनौँ तिम्रै साथमा छु
    तिम्रै हातमा छु।

    images
    images
    images

    जाँगर गरेर
    चाँसो गरेर खोज्यौ भने
    तुरुन्त भेट्न सक्छौ।
    जमाना गुगलको छ
    तिम्रो मित्र मात्र हैन
    उराठी पनि सम्झ्यौ भने
    म त खुल्लै छु हरदम
    गुगलले फ्याट्ट देखाइदिने छ।
    नपत्याए परीक्षण गरि हेर
    अनि मात्र दोषी करार गर
    म सहन तयार छु।

    images
    images
    images

    हैन भने
    बिर्सेको मैले हैन
    तिमी आफैले हो भनि 
    स्वीकार्नु पर्छ,
    सब ठिकठाक हुन्छ।
    तिम्रो मित्र तिम्रै हातमा हुन्छ
    हरदम तिम्रै साथमा हुन्छ।

    - मित्र 'उराठी' गौतम 
    अमरपुर गुल्मी 
    हालः तिलोत्तमा-२, रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।