Logo

२०८३, श्रावण ३०गते


images
images

अध्यादेशको फाइदा उठाउँदै महन्त, नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे

अध्यादेशको फाइदा उठाउँदै महन्त, नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे

images
  • अध्यादेशको फाइदा उठाउँदै महन्त, नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगे
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक पार्टी दर्ता गर्ने तयारी गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि ठाकुर समूहले नयाँ पार्टी दर्ता गर्न लागेको हो।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्दै केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यको समर्थन रहे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको छ। अध्यादेश बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्।

     

     

    अध्यादेश प्रमाणीकरण भएपछि दल दर्ताको तयारी भएको ठाकुर निकट एक नेताले जानकारी दिए । उनका अनुसार पार्टीको अध्यक्षमा महन्थ ठाकुर रहने छन् भने चुनाव चिन्ह साइकल रहने बताइएको छ।

     

     ११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महन्त ठाकुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।