Logo

२०८३, आश्विन १७गते


images
images

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली

images
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान सकिँदैन : प्रदीप ज्ञवाली
    images
    images

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपति व्यवस्थामा जान नसकिने स्पष्ट पारेका छन्। 

    images
    images
    images

    बिहीबार आईएसएसआर र खबरहबको संयुक्त रूपमा आयोजीत संयुक्त सरकारको अभ्यास र शासकीय प्रभाव विषयक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । 

    images
    images
    images

    उनले भने, ‘नेपाल अहिले नै संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री प्रणालीमा जान सक्दैन । हाम्रो जस्तो मुलुकमा यो अभ्यास अहिले हुन सक्दैन ।’  

    images
    images
    images

    उनले दुई ठूला दल कांग्रेस एमाले मिलेर बनेको वर्तमान सरकार संविधान संशोधनमा केही काम गर्नेहरू काम गर्ने बताउँदै संविधान संशोधन हुनु अगाडि गम्भीर छलफल र बहस हुने बताए ।  

    उनले भने, ‘हामीले बनाएको संविधान त्यसै संशोधन हुँदैन यस विषयमा गम्भीर छलफल हुन्छ। संविधान कार्यान्वयन भएको १० वर्षमा भएका उपलब्धिहरूको समीक्षा गरेर कमीकमजोरीहरू सुधार गर्ने बाटोतिर लगिन्छ।’ 

    उनले देशमा स्थायित्व र कार्यकालको पूर्ण पालना गर्ने गरी ७ बुँदे सहमतिअनुसार नै कांग्रेस एमाले गठबन्धन अगाडि बढ्ने समेत दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदीप ज्ञवाली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।