Logo

२०८३, आश्विन १७गते


images
images

छोराको कुटपिटबाट बुवाको मृत्यु

छोराको कुटपिटबाट बुवाको मृत्यु

images
  • छोराको कुटपिटबाट बुवाको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    सिरहा । सिरहामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका-३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए ।

    images
    images
    images

    गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राती ११:४० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    कुटपिट लगत्तै प्रहरी चौकी औरहीबाट गएको टोलीले  छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिइएको छ।

    मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।

    पक्राउ परेका छोरा शैलेन्द्रमाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।