Logo

२०८३, आश्विन १०गते


images
images

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

images
  • साफ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै
    images
    images

    काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा आज (शुक्रवार) नेपाल र भुटानबीच खेल हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आयोजक नेपालले आज आफ्नो पहिलो खेल खेल्न लागेको हो । नेपालले साँझ साढे ५ बजे भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

    images
    images
    images

    हिजोदेखी दशरथ रङ्गशालामा सुरु भएको प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

    images
    images
    images

    प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।