Logo

२०८३, आश्विन १०गते


images
images

भुटान १३ गोल गर्दै सेमिफाइनलमा

भुटान १३ गोल गर्दै सेमिफाइनलमा

images
  • भुटान १३ गोल गर्दै सेमिफाइनलमा
    images
    images

    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।

    images
    images
    images

    पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १-१ गोल गरे ।

    images
    images
    images

    यस नतिजासँगै भुटान ३ खेलमा ७ अंकको जोडेर शीर्षस्थानमा उक्लिएको छ । भुटानको गोल अन्तर +१६ भएको छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई कम्तीमा ५ गोलको अन्तरले हराउनु पर्नेछ ।नेपालले कम्तीमा ६ गोल गर्नुपर्नेछ ।

    images
    images
    images

    खेलको तेस्रो मिनेटमै भुटानले पेनाल्टी पाएको थियो । सोनाम छोदेनको पेनाल्टी प्रहार गोलरक्षक अमिनाथ लिजाले बचाइन् । तर त्यसको २ मिनेटमै सोनामले गोल गरिन् । लगत्तै पेमा छोदेनले क्लियर हुन नसकेको बलमा अर्को गोल गरिन् ।

    नेपालले ५:३० बजे श्रीलंकासँग खेल्दैछ । पछिल्लो खेलमा नेपालले माल्दिभ्सलाई ११-० तथा भुटानले श्रीलंकालाई ४-१ ले हराएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।