Logo

२०८३, श्रावण ३१गते


images
images

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु

अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु

images
  • अस्ट्रेलियामा विमान दुर्घटना, दुई जनाको मृत्यु
    images
    images

    एजेन्सी । अस्ट्रेलियाको  सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमा शनिबार भएको  विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार सिड्नीको बाहिरी दक्षिणपश्चिममा दुईवटा हल्का विमानहरू ठोक्किएर दुर्घटना ग्रस्त भएका थिए । सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी दुर्घटनाग्रस्त क्षेत्रबाट  टाढा रहन आग्रह गर्दै थप जानकारीको लागि अनुसन्धान भइरहेको एनएसडब्लु प्रहरीले  उल्लेख गरेको छ ।  

    images
    images
    images

    घटनास्थलमा एनएसडब्लु प्रहरी, अग्नि नियन्त्रक र एनएसडब्लु एम्बुलेन्स उपस्थित रहेको जनाइएको छ ।

    images
    images
    images

    अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरोले दुर्घटनाको कारणबारे थप अनुसन्धान गर्ने एनएसडब्लु प्रहरीले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।