Logo

२०८३, श्रावण ३०गते


images
images

विमान दुर्घटना अपडेट

एयर इन्डियाको विमान दुर्घटना अघि पाइलटले एटीसीसँग के भनेका थिए ?

एयर इन्डियाको विमान दुर्घटना अघि पाइलटले एटीसीसँग के भनेका थिए ?

images
  • एयर इन्डियाको विमान दुर्घटना अघि पाइलटले एटीसीसँग के भनेका थिए ?
    images
    images

    काठमाडौँ । भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटना बारे नयाँ अपडेट आइरहेका छन् ।

    images
    images
    images

    यसैबीच विमान दुर्घटनाको अन्तिम समयमा पाइलटले बोलेको कुरा बाहिर आएको छ । विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देश सार्वजनिक भएको हो । ४-५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए- 'मे डे, मे डे, मे डे...नो पावर, नो थ्रस्ट, गोइङ डाउन', अर्थात  पावर छैन, विमान माथि जादै छैन, अब तल जादैछौँ ।

    images
    images
    images

    विमान दुर्घटनामा अहिलेसम्म २७५ जनाको निधन भएको छ । जसमा विमानमा यात्रा गरिरहेका २४१ र अन्य ३४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावादस्थित बिजे मेडिकल कलेजको होस्टेलमा खस्दा होस्टेलमा रहेका डाक्टर र उनीहरुको परिवार हताहत भएका थिए ।

    images
    images
    images

    यस दुर्घटनामा विमानमा सवार भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश मात्र सकुशल रहेका छन् । 
     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।