Logo

२०८३, श्रावण ३१गते


images
images

विमान दुर्घटना अपडेट

विमान दुर्घटनास्थल अहमदाबाद पुगे मोदी

विमान दुर्घटनास्थल अहमदाबाद पुगे मोदी

images
  • विमान दुर्घटनास्थल अहमदाबाद पुगे मोदी
    images
    images

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानमा पुगेका छन् ।

    images
    images
    images

    विहिवार भएको दुर्घटनापछि मोदी शुक्रवार बिहान अहमदावादस्थित सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन् । त्यस्तै उनले दुर्घटनास्थलको अनुगमन गरेको भरतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    बिहीवार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए । यस दुर्घटनामा भारतीय मूलका एक बेलायती यात्रु बाँच्न सफल भएका छन् । यस दुर्घटनामा भारतको गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भएको छ ।

    images
    images
    images

    घटनापछि विहिवार नै अहमदाबाद पुगेका गृहमन्त्री अमित शाहले विमानमा १.२५ लाख लिटर इन्धनको उपस्थितिका कारण तापक्रम उच्च भएको र कसैलाई बचाउन सम्भव नभएको प्रतिक्रिया दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।