Logo

२०८३, श्रावण ३०गते


images
images

विमान दुर्घटनामा घाइतेको उपचार गर्न भारतले बंगलादेश पठायो चिकित्सा टोली

विमान दुर्घटनामा घाइतेको उपचार गर्न भारतले बंगलादेश पठायो चिकित्सा टोली

images
  • विमान दुर्घटनामा घाइतेको उपचार गर्न भारतले बंगलादेश पठायो चिकित्सा टोली
    images
    images

    काठमाडौँ । भारतले बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न एक चिकित्सा टोली पठाएको छ ।

    images
    images
    images

    विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार, यस चिकित्सा टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक नर्सिङ सहायक समावेश छन् ।

    images
    images
    images

    रणधीर जयसवालले जानकारी दिदै भनेका छन्- 'जुलाई २३ को साँझ, नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई भारतीय विशेषज्ञ र एक नर्सिङ सहायकको टोली जुलाई २१ मा ढाकामा भएको विमान दुर्घटनाका पीडितहरूको उपचार गर्न ढाका पुगेको छ ।' उनले अगाडी भनेका छन्- 'विमान दुर्घटनापछि बंगलादेशलाई सबै सम्भव सहयोग र सहयोग प्रदान गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको आश्वासन अनुसार चिकित्सा टोली त्यहाँ पठाइएको छ ।'

    images
    images
    images

    बंगलादेश वायुसेनाको एफ-७ बिजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा अवस्थित माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पस भवनमा खसेको थियो । यस दुर्घटनामा हालसम्म २९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।