Logo

२०८३, आश्विन १०गते


images
images

भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा

images
  • भुटानलाई हराउँदै बंगलादेश लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा
    images
    images

    काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकप्रेरित बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले भुटानविरुद्ध ७–१ को सहज जित निकालेको हो ।

    images
    images
    images

    आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एक/एक गोल गरे ।

    images
    images
    images

    भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । जारी संस्करणमा ल्हाजोमको यो आठौँ गोल हो । उनी हालसम्म प्रतियोगिताको उच्च गोलकर्ता हुन् ।

    images
    images
    images

    बंगलादेशले सातौँ मिनेटमा रितुको गोलबाट अग्रता बनाएको थियो । बंगलादेश पहिलो हाफमा ५–१ ले अगाडि थियो । बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो ।

    बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।

    साफको इतिहासमा लगातार दोस्रोपटक फाइनल पुगेको बंगलादेशले समग्रमा तेस्रोपल्ट फाइनल खेल्न लागेको हो । बंगलादेशले यसअघि सन् २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । बंगलादेशले त्यसअघि २०१६ को संस्करणमा फाइनल खेलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।