रुपन्देही । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बाढी प्रभावित ४० घर धुरि परिवारलाई राहत वितरण गरेको छ।
रोहिणी गाउँपालिका विपद ब्यवस्थापन कार्यपालिका अध्यक्ष सनोज कुमार यादव को अध्यक्षतमा भदौ १६ गते बसेको बैठकले रोहिणी गाउँपालिका वडा नम्बर ३,४,५ र १ गरि बाढी प्रभावित परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।
शुक्रबारवाट सुरु गरिएको राहत वितरण कार्यक्रम अन्तरगर्त रोहिणी गाउँपालिका वडा नम्बर ५ को नौडिहवामा ४० घरधुरी लाई राहत वितरण गरिएको थियो भने उक्त बाढी पीडित परिवार लाई प्रत्येक ब्यक्ति लाई २५ किलो चामल , २ किलो अडर को दल, १ पोका खाने तेल, १ पोका नुन र २०० ग्राम साबुन सहित वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा रोहिणि गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम क्षेत्री र रुपन्देही जिल्ला समन्वय समितिका उपाध्यक्ष पशुपति यादव सहितको उपस्थित रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology