Logo

२०८३, श्रावण ३०गते


images
images

ढुकुटी

खराब ऋण : सहकारीहरुको साझा समस्या

खराब ऋण : सहकारीहरुको साझा समस्या

images
  • खराब ऋण  : सहकारीहरुको साझा  समस्या
    images
    images

    कोभिडको महामारीबाट ओरालो लाग्न शुरु गरेको अर्थतन्त्र अहिले फेरी विश्वका केही देशमा चलिरहेको आपसी द्वन्दका कारण थप मन्द हुँदै गएको छ । यसैको प्रभावबाट जर्जर बन्न थालेको विश्व अर्थतन्त्रको प्रभाव हाम्रो देशमा पनि देखिएको छ । अझ देशमा विद्यमान अस्थिर राज्य सञ्चालन प्रक्रिया तथा राजनीतिक पार्टीहरुको अकर्मण्यताका कारण हाम्रो व्यापार-व्यवसाय र समग्र वित्तिय प्रणाली समेत जटिल परिस्थितिबाट अगाडि बढिरहेको अवस्था हो ।

    images
    images
    images

    समग्र समस्याहरुको सही समाधान गर्न सबैपक्ष एक ठाउँमा उभिएर मन्थन र संवाद गर्नुपर्ने आजको प्रमुख काम हो । तर अझ पनि हामी उही राजनीतिक फाईदाका लागि एक अर्कामा दोषारोपण गर्दै अल्मलिइरहेका छौं । यही नै अहिलेको मुल समस्या हो, जसका कारण थप चुनौतीहरु थपिदै गएका छन् ।

    images
    images
    images

    वित्तिय क्षेत्रमा आएको यो समस्याका कारण सबैभन्दा बढी तल्लोस्तरमा रहेका जनताले दुःख भोगिरहेका छन् । वित्तिय व्यवस्थापन आफैंमा चुनौतीको विषय हो, झन् अहिले देखिएको वित्तिय अराजकता र अपराधले सम्पूर्ण क्षेत्रलाई झन् बढी प्रभावित बनाएको पाईन्छ । वित्तिय क्षेत्र मध्ये सहकारी क्षेत्र अहिले धेरै चुनौती र जोखिमपूर्ण देखिएको छ ।

    images
    images
    images

    विशेषगरी सञ्चालक र कर्मचारीहरुले आफ्नो नियत खराब बनाउँदा नीति-विधि भन्दा पनि स्वविवेकका आधारमा सहकारी संस्थाहरुको स्थापना र सञ्चालन वर्तमान अवस्थाको प्रमुख कारक हो । सहकारीको मुल उद्देश्यबाट विचलित भई सहकारी ऐन र संस्थाको विनियमभन्दा व्यक्तीहरु हावी भएर गरिएका आर्थिक कृयाकलापहरुले गर्दा अहिले सम्पूर्ण सहकारी अभियान माथि प्रश्न उठेको छ भने सञ्चालकहरुलाई गलत दृष्टिकोणबााट हेर्ने गरिएको छ ।

    यस किसिमको अप्ठ्यारो परिस्थितिबाट सहकारी अभियानलाई थप शसक्त वनाउनुपर्ने काम सहकारी अभियन्ताको काँधमा आएको छ । अब सबै सहकारीहरुको अनुगमन र नियमन मार्फत गलत प्रवृत्तिहरुलाइ निरुत्साहित गर्दै सहकारीका गतिविधिलाई सदस्य र समुदाय केन्द्रित कार्यक्रम मार्फत थप बलियो, पारदर्शी तथा नीति र विधि सम्मत अगाडि वढाउन सबै सरोकारवालाहरु बिच हातेमालो जरुरी छ । आर्थिक वर्षको समाप्ति संगै सहकारीहरुका साधारणसभाहरु सुरु भएका छन् तर साधारणसभामा एजेण्डा, वित्तिय प्रतिवेदन, नीति कार्यक्रम र वजेट माथीको छलफललाई सदस्यहरुले खासै महत्व दिएको पाईदैन र छलफलमा सहभागी जुटाउन कठिन हुनेगरेको छ ।

    साधारण सभा भनेको यातायता खर्च र पाईने खाजा मात्र हो भन्ने भाष्य स्थापित भएको छ । जबसम्म शेयर सदस्यहरुले साधारण सभामा सञ्चालकहरुको गतिविधि, वार्षिक कार्यक्रम र बजेटमा ध्यान पु¥याउन सक्दैनन् वा छलफलमा सक्रिय सहभागी हुदैनन्, त्यसरी गरिने साधारणसभाहरु कर्मकाण्डी बन्छन् । यसो हुँदा सञ्चालकहरु आफ्नो मनोमानी पूरा गर्न लालायित हुन्छन् । यस्तै कारणले पनि केही सहकारीहरु बेथितिउन्मुख बन्न सक्छन् ।

    साधारण सभा भनेको यातायता खर्च र पाईने खाजा मात्र हो भन्ने भाष्य स्थापित भएको छ । जबसम्म शेयर सदस्यहरुले साधारण सभामा सञ्चालकहरुको गतिविधि, वार्षिक कार्यक्रम र बजेटमा ध्यान पु¥याउन सक्दैनन् वा छलफलमा सक्रिय सहभागी हुदैनन्, त्यसरी गरिने साधारणसभाहरु कर्मकाण्डी बन्छन् । यसो हुँदा सञ्चालकहरु आफ्नो मनोमानी पूरा गर्न लालायित हुन्छन् । यस्तै कारणले पनि केही सहकारीहरु बेथितिउन्मुख बन्न सक्छन् ।

    नीति विधिको पालना, सहकारी सिद्धान्त र मूल्य मान्यताको अनुसरण गर्दै सदस्यसँग नियमित सम्पर्क, समुदाय केन्द्रित वित्तिय साक्षरता कार्यक्रम, ऋणको समुचित सदुपयोग र वचतको महत्वबारे सबै सहकारीको साझा कार्यक्रम वनाएर अगाडि वढ्न सके सहकारीलाई केही हदसम्म दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।

    हाल सहकारी क्षेत्रमा बढी वित्तिय अराजकता देखिएको छ । त्यसमध्ये केही सञ्चालकका कारण हो भने केही सहकारीहरुमा ऋणी सदस्यको ऋण र व्याज नतिर्ने प्रवृत्तिले अप्ठ्यारो परेको छ । अहिले अधिकांश सहकारीमा भाखा नाघेको ऋणको व्यवस्थापन गर्न निकै ठुलो चुनौती देखिएको छ । सहकारीहरुले प्राय: धन जमानत र धितो जमानतमा आफ्ना शेयर सदस्यहरुलाई ऋण प्रवाह गरेका छन् ।

    हाल केही समय यता धरासायि बन्दै गएको व्यवसाय र जग्गा कारोवारमा आएको मन्दिका कारण केही सदस्यहरुमा आर्थिक अभाव देखा परेको छ । त्यस्तै केही ऋणी सदस्यहरुमा सहकारीको पैसा नतिर्ने मनोमानी र अटेरी प्रवृत्ति समेत देखिन थालेको छ । जसले गर्दा सहकारीलाई तरलता व्यवस्थापन गर्न र वचत फिर्ता गर्न समेत असहज हुने देखिन्छ ।

    हाल सहकारी क्षेत्रमा बढी वित्तिय अराजकता देखिएको छ । त्यसमध्ये केही सञ्चालकका कारण हो भने केही सहकारीहरुमा ऋणी सदस्यको ऋण र व्याज नतिर्ने प्रवृत्तिले अप्ठ्यारो परेको छ । अहिले अधिकांश सहकारीमा भाखा नाघेको ऋणको व्यवस्थापन गर्न निकै ठुलो चुनौती देखिएको छ ।

    ऋणी सदस्यहरुलाई यति कुरा प्रष्ट रुपमा बुझाउन जरुरी छ कि सहकारीहरुबाट लिएको ऋण रकम कुनै अन्य निकायबाट प्राप्त भएको दान दातव्य वा अनुदानको रकम होईन । यो रकम श्रमिक, मजदुर, कृषक, स–साना व्यापारीहरुले दुःख पसिना सिंचेर आर्जन गरेको रकम हो । जुन भविष्यका आफ्ना अप्ठाराहरु टार्न सहकारीमा बचतका रुपमा जम्मा गरेका हुन्छन् । त्यसैले यदि ऋणी सदस्यहरुलाई कुनै अप्ठ्यारो हो भने समबन्धित सहकारीहरुमा स्वयम् उपस्थिति भई समस्या समाधानका उपायहरु अवलम्वन गरि अवश्य पनि सहजता प्रदान गर्न सकिन्छ । तर वारम्वार सम्पर्क गर्दा समेत भाका नाघेको ऋण व्यवस्थापनमा ऋणी सदस्यहरुले तदारुकता नदेखाईदिदा अहिले सञ्चालकहरुले पनि कठिन परिस्थितिको सामना गर्नु परेको अवस्था छ ।

    यसरी आवश्यकता पर्दा लिएको ऋण रकम वर्षौंसम्म पनि फिर्ता नगर्ने सदस्यका कारण  अति अपठ्यारो समयमा बचतकर्ताले आफ्नो रकमको सदुपयोग गर्न नपाएको महसुस गरेका छन् भने यस्ता गलत ऋणीहरुका कारण विभिन्न सहकारीका सञ्चालकहरु नै लाञ्छित भएर कानुनी कठघरामा उभिनुपर्ने परिस्थिति समेत बनिरहेको छ ।

    कुनैपनि सञ्चालक आफ्ना ऋणी सदस्यलाई बद्नियत राखि दुःख पु¥याउन ऋण ताकेता गर्न घरमा आएका हुदैनन् । उनीहरुलाई पनि नीति विधि र कानुनले वाधेको छ ।  सहकारीको वित्तिय व्यवस्थापन गर्न खराब ऋणी सदस्यहरु चुनौतीका रुपमा देखिनु समग्र अभियानको टाउको दुखाइको विषय बनेको छ ।

    भाखा नाघेको ऋणको समस्यालाई समाधान उन्मुख बनाउन सम्बन्धित कार्यक्षेत्रमा रहेका सहकारीहरुको अनुगमन र नियमन गर्ने अधिकार प्राप्त निकायले समेत सहजिकरण गरिदने र आवश्यक पर्दा संस्थाले चालेका कानुनी प्रक्रियामा सहयोगी भुमिका निर्वाह गरिदिनु पर्दछ ।

    अब यस्ता अप्ठ्याराहरुबाट उनमुक्ति पाउनका लागि सञ्चालकहरुले पनि ऋण लगानीको समयमा सजगता अपनाउनुपर्ने देखिन्छ । सञ्चालकहरुले कानुनी प्रक्रियाहरु कडाईका साथ पालन गर्ने, ऋणको सदुपयोगिताका लागि परामर्श दिने, धितोको मुल्याङ्कन ईञ्जिनियरहरु मार्फत गराउने एउटै व्यक्तिलाई धेरैको जनतामतमा नराख्ने, ऋण दिदा अनिवार्य एका घर परिवारका सदस्यलाई जमानत र साक्षी राख्ने जस्ता प्रक्रिया पूर्णरुपमा लागू गर्नुपर्दछ । त्यसैगरी खराब ऋणीलाई समेत ऋण तिर्नका लागि समपर्क र समन्वय गरि परेको समस्या वारे छलफल गर्ने र ऋण तिर्नका लागि कस्ता किसिमका सहजता गरिदिदा सजिलो सँग असुल हुन सक्छ त्यसको पनि व्यवस्थापन गरेर अगाडि बढ्नु पर्दछ ।

    सञ्चालक र कार्यालयले सबै सहजता उपलब्ध गराउँदा समेत ऋणी सदस्य ऋण भुक्तान गर्न आलटाल गर्ने सम्पर्कमा नआईदिने र अवाञ्छित गतिविधि देखाउँछन् भने सहकारी ऐन र नियमावलीले निर्दिष्ट गरेको कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ । यसो हुँदाहुँदै पनि सकभर सदस्यलाई उनीहरुको भनाई राख्ने अवसर अनिवार्य रुपमा दिनुपर्दछ । अर्कोतर्फ यो भाखा नाघेको ऋणको समस्यालाई समाधान उन्मुख बनाउन सम्बन्धित कार्यक्षेत्रमा रहेका सहकारीहरुको अनुगमन र नियमन गर्ने अधिकार प्राप्त निकायले समेत सहजिकरण गरिदने र आवश्यक पर्दा संस्थाले चालेका कानुनी प्रक्रियामा सहयोगी भुमिका निर्वाह गरिदिनु पर्दछ ।

    ऋण असुली प्रकृयामा व्यवहारीक पक्षलाई अगाडि वढाउँदा केहि समस्या देखिएका छन् । यस्ता समस्या समाधानका लागि सबै सहकारीहरुको समान धारणा बन्न आवश्यक देखिन्छ । खराब ऋण सबै सहकारीकहरुका लागि गम्भिर समस्याको विषय हो । कारोवारको क्रममा देखापर्ने यस्तो भाइरस विरुद्ध साझा एक्यवद्धता र पहलकदमीका साथ अगाडि बढ्न सके सहज तरिकाबाट समस्याको समाधान निकाल्न सकिन्थ्यो कि ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ढुकुटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।