Logo

२०८३, श्रावण ३१गते


images
images

महालेखा प्रतिवेदन

परामर्शको नाममा राज्यको ढुकुटीबाट ४ अर्ब ५३ करोड रुपैयाँ स्वाहा

परामर्शको नाममा राज्यको ढुकुटीबाट ४ अर्ब ५३ करोड रुपैयाँ स्वाहा

images
  • परामर्शको नाममा राज्यको ढुकुटीबाट ४ अर्ब ५३ करोड रुपैयाँ स्वाहा
    images
    images

    काठमाडौं । संघीय सरकारका विभिन्न १० मन्त्रालयले एक वर्षमा परामर्श सेवाको नाममा चार अर्ब ५३ करोड ७८ लाख रुपैयाँ खर्च गरेका छन् ।

    images
    images
    images

    भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, खानेपानीलगायतका १० मन्त्रालय र मातहतका निकायले सम्भाव्यता अध्ययन, डिजाइन, गुरुयोजना तयार तथा निर्माण सुपरिवेक्षण लगाएत कामका लागि परापर्श सेवा खरिद गर्दा उक्त रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images

    यसैगरी यो वर्ष दुई सय ४१ स्थानीय तहले परामर्श सेवाको नाममा ६६ करोड ५२ लाख ८० हजार रुपैंया खर्च गरेका छन् । विगत ३ वर्षमा भने स्थानीय तहले बाह्य परामर्शदाताबाट सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा गुरुयोजनालगायतका नाममा परामर्श सेवा लिंदा १ अर्ब ४८ करोड ५३ लाख २६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

    images
    images
    images

    परामर्शदाताबाट प्राप्त प्रतिवेदनको अभिलेख नराखेको र यसरी तयार भएकामध्ये एक सय ३५ स्थानीय तहले ३२ करोड ३१ लाख ६८ हजारका चार सय ४८ वटा अध्ययन प्रतिवेदनसमेत कार्यान्वयनमा नल्याएको प्रतिवेदनमा जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।