Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाण्डौ उपत्यका जलमग्न, सयौं बस्ती र घरहरु डुबानमा

काठमाण्डौ उपत्यका जलमग्न, सयौं बस्ती र घरहरु डुबानमा

images
  • काठमाण्डौ उपत्यका जलमग्न, सयौं बस्ती र घरहरु डुबानमा
    images
    images

    काठमाडौ। उपत्यकामा हिजो रातिदेखि परेको भीषण वर्षाका कारण गंगासागर बनेको छ।खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।

    images
    images
    images

    ३ सय भन्दा धेरै घरहरु डुबानमा परेका छन भने १ सय जना भन्दा धेरैको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।

    images
    images
    images

    वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् ।

    images
    images
    images

    सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।

    वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।received_796338297704403.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।