Logo

२०८३, आश्विन १०गते


images
images

म्याद थप्न रविलाई पाँचौँ पटक अदालत पेश गरिँदै, यहीँ हप्ता काठमाडौँ लैजाने तयारी

म्याद थप्न रविलाई पाँचौँ पटक अदालत पेश गरिँदै, यहीँ हप्ता काठमाडौँ लैजाने तयारी

images
  • म्याद थप्न रविलाई पाँचौँ पटक अदालत पेश गरिँदै, यहीँ हप्ता काठमाडौँ लैजाने तयारी
    images
    images

    कास्की । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ।

    images
    images
    images

    म्याद थपका लागि रविलाई अदालत पेश गर्न लागिएको यो पाँचौँ पटक हो। यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।

    images
    images
    images

    अदालतले दिएको म्याद शुक्रबार सकिएपछि आज आइतबार अदालत पेश गरिँदै छ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमार्फत २५ दिनको म्याद थपको अनुमति माग्ने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार रविलाई म्याद थपपछि यहीँ हप्ता काठमाडौँ पठाइनेछ।

    काठमाडौँ प्रहरीले पत्राचार गरेपछि यसअघि गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेललाई पनि काठमाडौँ पठाइएको थियो। काठमाडौँमा बयान सकाएर उनीहरूलाई पोखरा फर्काइको छ। जोशी कास्की प्रहरीको हिरासतमा छन् भने रम्तेल पूर्वपक्षका लागि थुनामा कास्की कारागारमा छन्।

    पूर्वगृहमन्त्रीसमेत रहेका रवि कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका थिए। कात्तिक ३ गते बिहानपख पोखरा ल्याइएकोमा कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएको थियो।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि दोस्रो पटक ७ दिनको म्याद थपिएकोमा तेस्रो पटक कात्तिक २० गते १० दिनको म्याद थपिएको हो।

    रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि आज अदालतमा उपस्थित गराइँदैछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।