Logo

२०८३, कार्तिक २१गते


images
images

महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ: रवि लामिछाने

महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ: रवि लामिछाने

images
  • महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ: रवि लामिछाने
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन् ।

    images
    images
    images

    विहिबार चितवन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानिरीक्षक परिवर्तनको विषयमा सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला ।’

    images
    images

    सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।