देवदह । रुपन्देहीको देवदहका युवाहरुले अमेरिकी सहयोग नियोग मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसिसि) बिरुद्ध मोटरसाइकल र्याली निकालेका छन । राष्ट्रका लागि युवा, राष्ट्रियताका लागि युवा, अबको नेतृत्व युवा, राष्ट्रघाती (एमसिसि) खारेज गरौँ, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ भन्ने नाराका साथ राष्ट्रिय झण्डा बोकेका युवाहरुको समुहले मोटरसाइकल र्याली निकालेको हो ।
देवदह घोडाहाबाट सुरु भएको मोटरसाइकल र्याली खैरेनी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले 'नो एमसिसि', 'गो ब्याक ईट्स अ ट्रयाप' लेखेको स्टिकर टाँसेका थिए ।
र्याली पछिको कोण सभामा बोल्दै युवा नेता प्रेम थापाले एमसिसि किन संसदबाट पास गर्नु पर्यो भन्दै प्रश्न गरे । उनले एमसिसिमा किन राष्ट्रघाती भन्दै एमसिसिका बुँदाहरु पढेर सुनाएका थिए । उनले अब ७० काटेका नेताहरुले सत्ता छाड्नु पर्ने माग गरे । थापाले ट्रान्समिसन लाइन निर्माण गर्ने रकम युवाहरुले उठाएर सरकारलाई दिन तयार रहेको उल्लेख गर्दै एमसिसि पास गरे, देश द्धन्द्धमा जाने चेतावनी दिए ।
सभामा शिवु अर्याल, सुरज गुरुङ, शोभित रिमाल र सन्दिप तिवारीले लगायतले बोल्दै एमसिसि कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका थिए । उनिहरुले 'राष्ट्रघाती' एमसिसि बिरुद्ध सडकमा आउन युवाहरुलाई आह्वान समेत गरे ।
यो मोटरसाइकल र्याली पहिलो चरणको कार्यक्रम भएकाले थप आन्दोलनका कार्यक्रमहरु तय गर्ने जानकारी आयोजकले दिएको छ ।
एमसिसि पास गर्ने कि नगर्ने भन्ने बिषय अहिले राष्ट्रिय बहसको बिषय बनेको छ । बिहिबार मात्रै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणका लागि काठमाडौं आएकी छन । एमसिसिको चर्को बिरोध भइरहेको समयमा उपाध्यक्ष सुमारको नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।
एसिसिकै कारण सत्ता गठवन्धनमा पनि खटपट सुरु भएको छ । सत्ता गठवन्धनको माओवादी, जसपा, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसिसिको बिरुद्ध छन भने सत्ताको नेतृत्व गरीरहेको नेपाली काँग्रेस जुन सुकै हालतमा पनि एमसिसि पास गर्ने मनस्थितीमा देखिन्छ । यसले राष्ट्रिय राजनितमा त असर गरेकै छ स्थानिय स्तरमा पनि चर्को बिरोधका स्वरहरु सुनिन थालेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology