Logo

२०८३, श्रावण ३०गते


images
images

संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष

संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष

images
  • संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष
    images
    images

     

    images
    images
    images


    काठमाडौं - सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना
     सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।


    घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय एक व्यक्तिलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन चाहेको छैन । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जनाएको छ । 


    पक्राउ परेका व्यक्तिको उमेर २५ देखि ३० वर्षको रहेको र ती व्यक्ति कार्की परिवारको नजिकको नाता पर्ने व्यक्ति भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जानकारी दिए । 


    ​सिआईबीसमक्ष अपराध कबुल
    प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो । घटनास्थलमा सिआईबीका डिएसपी रुगम कुँवर नेतृत्वका ३ जना प्रहरी अधिकारी अनुसन्धानका लागि खटिएका थिए । यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा केही बताउन चाहेका छैनन् । 
    ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त भएको हो । यसअघि बैतडीमा भएको भागरथी हत्या प्रकरण र बझाङमा भएको सम्झना विकको हत्या अनुसन्धानमा पनि सिआईबीले नै अनुसन्धान गरेको थियो । राताेपाटि 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।