रोहिणी । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिका वडा नम्बर १ कुस्मीपूरा अवलोकन गरेका छ्न। रोहिणी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ बिच जोडिएको पालिका मध्य भदौ १३ गते अविरल बर्षाका कारण रोहिणी नदि कटान भै दुई पालिकालाई क्षती गरेको थियोे ।
रोहिणी गाउँ पालिका कुस्मिपुरामा राणा काल देखि मुटौउ, यादव, कुर्मी, केवट सहितका जातिहरु बसोबास गर्दै आईरहेको छ्न। त्यस गाउँमा ३० घरपरिवार धुरी बसोबास रहेका छ्न।
स्थानीयबासीको गुनासो अनुसार रोहिणी नदि कटानले गर्दा कुस्मीपूरालाई कुन दिन उठिबास लगाउने हो भन्दै हामी त्रासमा बस्नु परेको भन्दै दुखेसो पोखेका थिए। गाउँ सङ जोडिएको रोहिणी नदिले स्थानीय बासीको खेतीयोग्य जमिन कटान भै रहेको र बिरामी भएका बेला अवातजवात मा एकदम कष्टकर भएको समेत गुनासो बताएका थिए।
रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले स्थानीयबासिको गुनासो मनन गरेको बताउदै यहि आर्थिक बर्ष २०७७/७८ को बिनियोजित बजेट बाट झलुङ्गे पुल को लागि बजेट छुटाईएको समेत जानकारी गराउदै रोहिणी नदि कटान क्षेत्रको लागि प्रत्येक बर्ष बजेट छुटाउदै आईरहेको बताउदै अब फेरि यो बर्ष पनि कटान क्षेत्र को लागी केन्द्र र प्रदेश सरकार सङ छलफल गरिएको समेत जानकारी गराएका थिए।
उक्त झलुङ्गे पुल कुस्मीपूरा हुँदै खुरहुरिया जोडिने भएको छ। उक्त कार्यक्रममा वडा नम्बर १ वडाअध्यक्ष समाजसेवी, राजनीति ब्यक्तित्वहरुको समेत सहभागी रहेको थियोे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology