Logo

२०८३, श्रावण ३१गते


images
images

अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, ब्ल्याकबक्स भेटियो

अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, ब्ल्याकबक्स भेटियो

images
  • अमेरिका विमान दुर्घटनामा ‘कोही नबाँचेको हुन सक्ने’, ब्ल्याकबक्स भेटियो
    images
    images

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ ।

    images
    images
    images

    दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जन डनेलीले बताएका छन् । उनले थप जीवित मानिसहरू फेला पर्ने सम्भावना नरहेको बताएका छन् । यद्यपि बीबीसीको साझेदार सञ्चारमाध्यम सीबीएसले आपत्कालीन उद्धारकर्मीहरूलाई उद्धृत गर्दै कम्तीमा ३० ओटा शव निकालिएको बताएको छ ।

    images
    images
    images

    गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन् । अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन् । क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिकाको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो ।

    images
    images
    images
     

    विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन सैनिक रहेको बताइएको छ । सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको सेनाका एक अधिकारीले बताएका छन् ।

    विमान दुर्घटनास्थलबाट ब्ल्याक बक्स बरामद भएको छ । दुर्घटनाको कारण खोज्न कैँयन विधिबाट जाँचबुझ चलिरहेको थियो । ब्ल्याक बक्स भेटिएसँगै अब प्रारम्भिक रिपोर्ट ३० दिनमा जारी गरिने जनाइएको छ । एनटीएसबीका अधिकारीहरुले आफुहरुसँग निकै धेरै जानकारी भए पनि पुष्ट्याईंका लागि केही समय चाहिने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।