देवदह । देवदह नगरपालिका अन्तर्गतका विद्यालयमा पढ्ने विद्यार्थीले एकै दिनमा दुई विषयको परिक्षा दिनुपर्ने भएको छ । एकदिनमा बढिमा दुई विषयको परिक्षा लिन विद्यालयलाई निर्देशन दिईएको देवदह नगरपालिकाका शिक्षा शाँखा प्रमुख टिकाराम शर्माले बताए ।
परिक्षामा खर्चिने समयलाई छोट्याएर बाँकी समयलाई सिकाईको लागि प्रयोग गर्न उक्त निर्देशन दिईएको नगर शिक्षा शाखा प्रमुख शर्माको भनाई छ । उनी अगाडि भन्छन् - "विद्यालय खुलेको धेरै दिन भएको छैन, जसको कारण कोर्स पनि त्यति अगाडि गएको छैन । एकैदिनमा दुई विषयको परिक्षा लिएर समय वचत गर्न मात्रै खोजीएको हो ।"
यता बालमनोविज्ञको विचार भने फरक छ । बालमनोविज्ञानका जानकार रोमनाथ घिमिरेले एकैदिनमा दुईवटा परिक्षा गर्दा बालमस्तिष्कमा दवाव बढ्ने र उनीहरूले आफ्नो क्षमता देखाउन नसक्ने बताउँछन् । "परिक्षा विद्यार्थीको मुल्यांकन गर्नलाई गरिने हो, त्यसको लागि विद्यार्थीहरू दवावबाट मुक्त हुन जरुरी छ" - मनोविज्ञान विषयका अध्यापक घिमिरे भन्छन् ।
त्यसैगरी सेतोमसी सहकर्मीलाई आफ्नो गुनासो सुनाउँदै केही अभिभावकले समेत एकैदिनमा दुई वटा परिक्षा लिईंदा बालमस्तिष्कमा दवाव पर्ने बताएका छन् । विद्यालयको अनुगमन गर्ने निकाय नगरपालिकाले नै यस्तो निर्देशन दिन नहुने उनीहरूको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology