देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोल प्रसाद अर्यालले ठुला दलको अकर्मण्यताका कारण मुलुकमा राजनीतिक अस्थिरता मौलाएको आरोप लगाएका छन् । मुलुकमा अस्थिरता हटाई शान्ति, समृद्धि अनि अमन चयन कायम गर्न रास्वपाको उदय भएको अर्यालले बताए ।
रास्वपा देवदह नगर समितिको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक सभापति अर्यालले पुराना राजनीतिक दलहरू सत्तालिप्सा र स्वार्थमा मात्र केन्द्रित भएकाले नागरिकका गुनासा बढ्दै गएको बताए । आगामि चुनावमा रास्वपाले एक सय ५० सिट जित्ने गरि तयारी गरिरहेकोले अभियानमा लाग्न कार्यकर्तालाई उनले अपील गरे ।
अर्यालले रास्वपा अबको २० वर्ष कुनै गुट उपगुट र स्वार्थमा नलागी नितान्त देश र जनताको मुद्दा बोकेर हिड्ने बताउँदै जनताको विश्वास आफुहरुले खेर जान नदिने उल्लेख गरे ।
कार्यक्रममा रास्वपाका केन्द्रिय विभाग सदस्य गणेश पौडेल, प्रदेश सभापति देबराज पाठक, जिल्ला सचिव बिष्णु प्रसाद पौडेल, क्षेत्रीय सदस्य रुकात्मक भारती, धर्मराज पौडेल लगायतले बोलेका थिए । उक्त अवसरमा ७५ बढी कार्यकर्ता रास्वपामा प्रवेश गरेको पार्टीले जनाएको छ ।

रास्वपा देवदह नगर समितिकाका सभापति किरण भण्डारीको अध्यक्षता, उपाध्यक्ष ज्ञानचन्द्र न्यौपानेको स्वागत र सचिव प्रकाश अधिकारीको सञ्चालनमा कार्यक्रम भएको हो ।

रास्वपा देवदह ७ को सभापतिमा काफ्ले चयन :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको देवदह–७ को भेलाले मणि प्रसाद काफ्लेको सभातित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वडा समितिको उपसभापतिमा गुरु प्रसाद कुमाल, सचिवमा अर्जुन उपाध्याय र सदस्यहरुमा मञ्जु भुसाल, हिमलाल न्यौपाने, प्रेम क्षत्री, राज ठाकुर, पूर्ण बहादुत दर्जी र ध्रुव प्रसाद शर्मा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology