Logo

२०८३, आश्विन १०गते


images
images

संसद बैठक

संघीय संसदका दुवै सदनको बैठक बस्दै, कुन-कुन विधेयकमाथि हुँदैछ छलफल ?

संघीय संसदका दुवै सदनको बैठक बस्दै, कुन-कुन विधेयकमाथि हुँदैछ छलफल ?

images
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, कुन-कुन विधेयकमाथि हुँदैछ छलफल ?
    images
    images

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू आज बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि निर्धारण गरिएको छ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

    images
    images
    images

    गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल गराउने प्रस्ताव पनि गृहमन्त्री लेखकले प्रस्तुत गर्नेछन्। विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने गृहमन्त्रीले नै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन्।

    images
    images
    images

    राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्। साथै, राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

    राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू टेबुल गर्नेछन्।

    त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसपछि, उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।