अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ गरिरहँदा राप्रपाले भने आसनमै उभिएर विरोध जनाइरहेको थियो । उभिएर बिरोध जनाइरहेका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् ।
विरोधका बाबजुद सभामुख घिमिरेले आकस्मिक समय चलाईरहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology