Logo

२०८३, आश्विन १०गते


images
images

नीति तथा कार्यक्रम

आज संसद्को संयुक्त बैठक : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

आज संसद्को संयुक्त बैठक : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

images
  • आज संसद्को संयुक्त बैठक : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
    images
    images

    काठमाडौं । सरकारको आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएको छ। संविधानको व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    images
    images
    images

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकको सम्भावित कार्यसूची पहिल्यै तय भइसकेको छ। नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संयुक्त बैठकमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले बैठक सुरु हुनु अघिनै, प्रतिनिधिसभाका सांसदहरूलाई दिउँसो २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकसहित आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन् । 

    images
    images
    images

    यसअघि, सत्तारूढ गठबन्धनका दलहरूबीच अर्थतन्त्रलाई गति दिने रणनीतिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भइसकेको थियो। सरकारको नीति तथा कार्यक्रमले युवाहरूमा आशा जगाउने, उद्यमशीलता र सीप विकासलाई प्रोत्साहन दिने, स्टार्टअप प्रवर्द्धन गर्ने, व्यावसायिक योजनालाई बल दिने, सरकारी खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

    सङ्घीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेभित्र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची अघि बढाइसकेको छ। त्यसपछि, वैशाख ३० गते प्रि-बजेट छलफलको रूपमा विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकतामाथि बहस सुरु गरिनेछ।

    संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।