Logo

२०८३, आश्विन १०गते


images
images

संसद बैठक

आज प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने

आज प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने

images
  • आज प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने
    फाईल फोटो : केपी शर्मा ओली
    images
    images

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने संसद् सचिवालयले जनाएको छ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

    images
    images
    images

    आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन्।

    images
    images
    images

    यस्तै, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि पनि अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

    सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन शून्य समय समेत छुट्याइनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।