Logo

२०८३, आश्विन १०गते


images
images

संसद बैठक

सङ्घीय संसद्को दुवै सदनको बैठक आज, यी हुन् कार्यसूची

सङ्घीय संसद्को दुवै सदनको बैठक आज, यी हुन् कार्यसूची

images
  • सङ्घीय संसद्को दुवै सदनको बैठक आज, यी हुन् कार्यसूची
    images
    images

    काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे प्रतिनिधिसभाको बैठक तथा दिउँसो १:१५ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ।

    images
    images
    images

    प्रतिनिधिसभा बैठकमा 'बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०' राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१' माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    images
    images
    images

    त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' लाई राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा छलफलका लागि प्रस्ताव पेश गर्नेछन्। साथै, उनले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१' पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।