Logo

२०८३, श्रावण ३०गते


images
images

अष्ट्रेलिया

अष्ट्रेलियाको जनसंख्या वृद्धि दर १.८, बेरोजगारी दर ४.१ प्रतिशत

अष्ट्रेलियाको जनसंख्या वृद्धि दर १.८, बेरोजगारी दर ४.१ प्रतिशत

images
  • अष्ट्रेलियाको जनसंख्या वृद्धि दर १.८, बेरोजगारी दर ४.१ प्रतिशत
    images
    images

    काठमाडौं । अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले वृद्धि भई २७.३ मिलियन पुगेको छ। यो वृद्धि २०२३ को सोही अवधिको तुलनामा ४ लाख ८४ हजार बढी हो।

    images
    images
    images

    अष्ट्रेलियाली तथ्याङ्क ब्युरोका जनसांख्यिकी प्रमुख बेइदार चोलेका अनुसार, सोही अवधिमा ६ लाख १७ हजार ९ सय व्यक्ति विदेशबाट अष्ट्रेलिया आएका छन् भने २ लाख ३८ हजार १ सय व्यक्ति बाहिरिएका छन्। पश्चिमी अष्ट्रेलियाले सबैभन्दा तीव्र जनसंख्या वृद्धि (२.५ प्रतिशत) छ, त्यसपछि भिक्टोरिया (२.१ प्रतिशत) र क्वीन्सल्याण्ड (२ प्रतिशत) रहेका छन्। टापु राज्य तस्मानियामा भने ०.३ प्रतिशत मात्र वृद्धि भएको छ, जुन सबैभन्दा न्यून हो।

    images
    images
    images

    अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फेब्रुअरीमा बेरोजगारी दर ४.१ प्रतिशत रहेको छ। रोजगारीमा ५३ हजारको कमी आए पनि बेरोजगारको संख्यामा ११ हजारले गिरावट आएको छ।

    images
    images
    images

    श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसका अनुसार फेब्रुअरीमा वृद्ध कामदारहरूको पुनः संलग्नता आंशिक रूपमा रोजगारी गिरावटको कारण बनेको छ। २०२४ को तुलनामा फेब्रुअरी २०२५ मा वृद्ध उमेर समूहको रोजगारी स्तर कम देखिएको छ।

    विगत केही वर्षहरूमा रोजगार–जनसंख्या अनुपातमा वृद्धि भए पनि फेब्रुअरीमा यो अनुपात ०.४ प्रतिशत बिन्दुले घटेर ६४.१ प्रतिशतमा पुगेको छ। रोजगारी र बेरोजगारी दुवै घट्दा श्रम सहभागिता दरमा समेत ०.४ प्रतिशत बिन्दुको गिरावट आएको देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।