Logo

२०८३, श्रावण ३०गते


images
images

अष्ट्रेलियाद्वारा इरानी राजदुतसहित अन्य तीन कुटनितिज्ञ निष्काशित

अष्ट्रेलियाद्वारा इरानी राजदुतसहित अन्य तीन कुटनितिज्ञ निष्काशित

images
  • अष्ट्रेलियाद्वारा इरानी राजदुतसहित अन्य तीन कुटनितिज्ञ निष्काशित
    images
    images

    काठमाडौँ । अष्ट्रेलियाले इरानी राजदुत अहमद सदेगीलाई निष्काशित गरेको छ । अस्ट्रेलियाले आफ्नो भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पुष्टि भएको भन्दै राजदुत सदेगी र उनका तीन सहकर्मीहरूलाई व्यक्तिगत रूपमा गैर-अनुचित व्यक्ति घोषित गरेर सात दिन भित्र देश छोड्न आदेश दिएको हो ।

    images
    images
    images

    अस्ट्रेलियाको गुप्तचर निकायले अष्ट्रेलियाको भूमिमा कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणमा इरानको हात रहेको पत्ता लगाएको प्रधानमन्त्री एन्थोनी अल्बानीजले जानकारी दिएका छन् ।

    images
    images
    images

    अष्ट्रेलियाको सुरक्षा गुप्तचर संगठनले गत वर्ष सिड्नीमा रहेको यहूदी स्वामित्वको रेस्टुरेन्ट र मेलबर्नमा रहेको अडास इजरायल सिनागोगलाई लक्षित गरी भएको दुईवटा आगजनीको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको भूमिका रहेको विषय अनुसन्धान गरेको थियो ।

    images
    images
    images

    दोस्रो विश्वयुद्ध पछि अष्ट्रेलियाले विदेशी राजदूतलाई निष्कासन गरेको यो पहिलो पटक हो ।

    अष्ट्रेलियाले आफ्ना कन्सुलर अधिकारीहरूको सुरक्षाका लागि इरानमा रहेको आफ्नो दूतावासमा सञ्चालन पनि स्थगित गरेको छ, र इरानमा रहेका अष्ट्रेलियालीहरूलाई देश छोड्न आग्रह गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अष्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।