काठमाडौं । दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पहिलो एक दिवसीय क्रिकेटमा ९८ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकाको जितमा स्पिनर केशव महाराजले ५ विकेट लिए । ओडिआईमा पहिलो पटक उनले एउटै खेलमा व्यक्तिगत ५ विकेट लिएका हुन् ।
दक्षिण अफ्रिकाले केन्र्समा अहिलेसम्मकै उच्च स्कोर २ सय ९६ रनको रक्षा गर्दै खेललाई सुरुबाटै नियन्त्रणमा लियो । आठौं ओभरदेखि १७औं ओभरसम्म २९ रनमै ६ विकेट लिँदा महाराजले प्रभावशाली प्रदर्शन गर्दै ३३ रनमा ५ विकेट लिए । उनले अष्ट्रेलियन ब्याटरलाई दबाबमा राख्न सफल भए । जवाफमा अष्ट्रेलिया ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९८ रनमा आउट हुन पुग्यो ।
महाराजलाई यसअघिको टि ट्वान्टी सिजनबाट टिममा राखिएको थियो । महाराजले केन्र्समा उत्कृष्ट प्रदर्शन गरेर छोटो फम्र्याटमा आफू अझै प्रभावशाली रहेको सन्देश दिएका छन् । खेलमा अफ स्पिनर प्रेनेलन सुब्रायनले पनि डेब्यु खेलमै १० ओभरमा ४६ रन दिएर १ विकेट लिए । त्यसअघि अष्ट्रेलियाका लागि ट्राभिस हेडले पार्ट–टाइम अफस्पिन गर्दै ९ ओभरमा ५७ रन खर्चेर ४ विकेट लिए ।
दक्षिण अफ्रिकाको लागि ऐडन मार्कराम ८२, म्याथ्यू ब्रिट्जकी ५९ र टेम्बा बावुमा ५१ ले अर्धशतक पूरा गरे । अष्ट्रेलियाको तर्फबाट कप्तान मिचेल मार्शले उत्कृष्ट खेल खेले पनि त्यो जितको लागि प्रयाप्त भएन । उनी शतकबाट १२ रनले चुके । उनले बेन ड्वार्शुइससँग सातौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने कोशिस गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology