काठमाडौँ । भिजिट भिसाको नाममा भइरहेको संगठित मानव ओसारपसार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरेको केही दिनमै नेपाली कांग्रेसले आफ्नै नेता तथा गृहमन्त्री रमेश लेखकलाई ‘क्लिनचिट’ दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले लेखक कुनै पनि प्रकारको दोषी नरहेको निष्कर्ष सार्वजनिक गरेको छ।
पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखक छानबिनको दायरामै नरहेको दाबी गरे। उनले बाहिरबाट दोषी करार गर्न खोजिएको प्रतिक्रिया दिए।
अर्को प्रसंगमा जेठ १५ गते राजावादीले गर्न लागेको आन्दोलनका विषयमा प्रवक्ता महतले कांग्रेस संबिधानको प्रतिरक्षाको पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो कब्जाको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।
उनले संबिधानले दिएको अधिकार प्रयोग गर्न पाइने तर संबिधानले व्यवस्था गरेका आधारभूत कुराको विपक्षमा गतिविधि गर्न नपाइने विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology