Logo

२०८३, श्रावण ३०गते


images
images

गणतन्त्र दिवस

यो कस्तो  गणतन्त्र

यो कस्तो  गणतन्त्र

images
  • यो कस्तो  गणतन्त्र
    images
    images

    बाफिएर घाममा
    पहाडहरु बिउझाएर 
    समथर तराई उठाएर
    पग्लाएर सेता हिमाल 
    टपक्क टासेर छातीमा देश
    परिवर्तनको बिगुल फुक्दै
    गणतान्त्रिक नेपालका निम्ती
    सुसासनको पर्खाइमा
    त्यागेर भोक तिर्खा
    सुन्दर देशको परिकल्पनामा
    दिएर आहुती के पाए जनताहरुले? 
    नयाँ युग?
    नयाँ संरचना?
    खै कता छ सुसासन?
    खै समानता?
    के तिम्रा भाषणमा
    ताली लाउनु मात्र
    गणतन्त्रको  प्रतिफल   हो ?
    कमिशनमा रमाउने
    भ्रष्टहरुको फोहर
    स्वार्थ नियत
    कहिले सफा हुन्छ?
    कहिले फेरिन्छ?
    कहाँ छन हाम्रा उर्वर युवा शक्ति?
    कहाँ बदलीयो  परिस्थिती
    नेपालीका रक्त पसिना
    प्रदेशी भुमिमा
    बिच्छीहरुसंग जुधेर
    कि रेमिटयान्सको अत्तरसंग
    रातो बाकसमा
    फर्किनु
    गणतन्त्र हो
    मैले बुझ्नै सकिन
    यो कस्तो गणतन्त्र

    - सुनिता प्रतिबिम्ब
    बुटवल

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।